बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ स्थित हाँडेको भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
भीरबाट खसेर स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ का पुसे भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।भण्डारी भिरबाट खसेको खबर पछि उहाँको खोजी कार्यमा गएका अन्य ७ जना स्थानीय उद्धारकर्ताहरू पनि भीरमै अड्किएका छन्।भीरमा फसेकाहरू रातभर उद्धारको प्रतीक्षामा रहेका तर अहिले सम्म उद्धार हुन नसकेको स्वामिकार्तिक खापर-२का वडा अध्यक्ष विष्णु बुढाले जानकारी दिनुभयो।

गाउँका स्थानीयले उद्धार प्रयास गरे पनि भीर अत्यन्तै खतरनाक भएकाले सफल हुन सकेको छैन। डोरीको सहायताले उद्धार सम्भव नभएपछि कर्णाली नदीमार्फत र्याफ्टिङको डुङ्गा प्रयोग गर्ने योजना बनाइरहेका छौँ वडा अध्यक्ष बुढाले भन्नुभयो।
प्रतिक्रिया राख्नुहोस्