सुनसरीका १२ वटै स्थानिय तह पूर्णरुपमा लकडाउन

सुनसरी । कोरोना महामारीबाट बच्न नेपाल सरकारले आजबाट लागू गरेको लकडाउनका कारण सुनसरीका १२ बटै स्थानिय तहका बजारहरु बन्द भएको छ ।
लकडाउन पछि सुनसरीका १२ वटै स्थानियतहका बजारहरु पुर्णरुपमा बन्द छन् । बजारमा मानिसहरु हिंडेका छैनन् भने सवारी साधन समेत बन्द हुनुको साथै औधोगिक प्रतिस्ठान बन्द भएका छन् । लकडाउनलाई पूर्ण रुपमा कार्यानवयन गर्नका लागि सडकमा जनपद प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतका सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिएको सुनसरी प्रहरी प्रमुख यज्ञ विनोद पोख्रेलले बताए ।
ईमर्जेन्सी सेवामा चलेका सवारीसाधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरिरहेको र दुहवी, इनरुवा, इटहरी, धरान, हरिनगर, कोशी, गढी, रामधुनी लगायतका सडकहरुमा गुडीरहेका ३०० सवारी साधनदाई लकडाउनलाई वेवास्ता गरेको भन्दै नियन्त्रणमा लिई दुई घण्टा पछि घर फर्किने सर्तमा फिर्ता दिएको सुनसरीका प्रहरी प्रमुख पोख्रेलले बताएका छन् । केही पैदल हिंडेका यात्री तथा साइकलमा सवार सबैलाई प्रहरीले सम्झाइ बुझाइ अब नहिड्न सुझाब दिएको छ ।
कोरोनाबाट बच्न नेपाल सरकारले देशभर आजदेखि गरेको लकडाउनले सुनसरीका १२ वटै स्थानिय तहका नागरीकहरु सचेत भएर होम क्वारेन्टाइनमा बसीरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्