लक डाउन पछि पोखरा सुनसान

पोखरा। सरकारले विश्वभर महाहारीका रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न घोषणा गरेको ‘लक डाउन’ पछि पोखरा सुनसान छ । मुख्य शहरका प्राय जसो सबै पसल बन्द छन भने सवारी साधानहरु ज्यादै कम मात्रामा चलेका छन् । लक डाउन’ लाई अधिकांक पोखराबासीले घर भित्रै बसेर साथ दिएका छन् ।
नागरिकहरुलाई घर भित्रै बस्न कास्की प्रहरीले आग्रह गरेको छ । कसै एक जनाको लापरवाहीले यो ब्यापक रुपमा फैलन सक्ने भएकाले खेल ठट्टा नसम्झन जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले आग्रह गर्नुभयो । अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानुन व्यवस्था छ ।
अहिलेसम्म पोखरा र आसपासमा कोरोना भाइरसका संक्रमित नदेखिएको पनि कोरोना भाइरस फैलियो भने नेपाले उपचार गर्न नसक्ने अवस्सथा भएकाले सरकारले फैलिन नदिन हरसम्भव उपाय अपनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्