कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध
रासस । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गर्नु भएको हो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकका कोष खडा गर्ने निर्णय अनुसार सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने छ ।
कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्