तपाईँ सुन्दै हुनुहुन्छः

जंगली च्याउ खादा एकै घरका ३ जना अचेत

कावासोती । पूर्बि नवलपरासीको कावासोती १२ पिठौलीमा जंगली च्याउ खाएका एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले दिएको जानकारी अनुसार आज बिहान करिब १० बजेको समयमा कावासोती १२ पिठौली बस्ने उनीहरुले घर पछाडी रहेको काठको टौवामा उम्रेको जंगली च्याउ खादाँ अचेत अवस्था फेला परेको जनाएको छ ।

उनिहरुको अहिले नयां मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कावासोती १२ बस्ने एकै घरका वर्ष ४३ की उमा गुरुङ ,वर्ष २२ की नौमाया गुरुङ वर्ष १६ को टुपेश गुरुङ अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button