रुकुम पश्चिममा पाँच बेडको आईशुलेसन र ५० बेडको क्यारेनटाईन तयार

रुकुम । विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोराना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि रुकुम पश्चिममा पनि सक्रियता बढाईएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलनको आयोजना गरि जिल्लामा पनि कोरोना भाईरस भित्रिन नदिन जिल्लामा यात्रु भित्रिने ठाउँहरुमा स्वास्थ्य चेकजाँच पोष्ट स्थापना गरेर चेकजाँचमा कडाई गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार कोराना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल सल्लेमा पाँच वटा बेडको आईशुलेसन कक्ष स्थापना गरिएको छ ।
त्यस्तै कारोना संकास्पद व्यक्तिहरु उपचारका लागि आएमा जिल्लाभर ५० बेड बढिको क्यारेनटाईन कक्ष स्थापना गरिएको छ । जसमा स्वास्थ्य संस्थासँगै नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले पनि क्यारेनटाईन बेडहरु स्थानापना गरिसकेका छन् ।
त्यस्तै जिल्लास्थित केही होटल र शैक्षिक संस्थाको भवनहरुमा पनि क्यारेनटाईन कक्ष स्थापनाको तयारी भइरहेको पनि बताईएको छ ।
जिल्लाका लागि आवश्यक थप स्वास्थ्य सामाग्री केन्द्र सरकारसँग माग गरिएको रछिट्टै उपलब्ध हुने बताइएको छ । त्यस्तै मास्क लगायतका अन्य सामाग्रीहरु निर्माण गर्न स्थानीय सरकारहरु आफै बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्