तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

धादिङ।धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ ।ट्याङ्ककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ ।

गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ ।ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्दारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सवारी चालक भने सकुसल छन ।ट्याङ्कर फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेँको घाइते एक जना यात्रुले जानकारी दिएका छन । घाइतेहरुको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button