नेपाली सेनाले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको छ : प्रदेश प्रमुख मियाँ
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै प्रशंसा गर्नु भएको छ । उहाँले राष्ट्र र नागरिकको सुरक्षामा नेपाली सेनाको योगदान सह्रानीय रहेको बताउनुभयो ।

कैलालीस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा २६२औँ नेपाली सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख मियाँले प्राकृतिक विपद्, महामारी, शान्ति स्थापना, राष्ट्र विकास, प्राकृतिक संरक्षण लगायतका क्षेत्रमा नेपाली सेनाले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको उल्लेख गर्नुहुँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौम सत्ता तथा राष्ट्रिय एकताको रक्षामा महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।
नेपाली सेनाका सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माणसँगै सांस्कृतिक विविधताभित्र एकता कायम राख्दै राष्ट्र सेवामा समर्पित रहेको बताउनुभयो ।
समारोहमा भेषभुषा लोक संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले उद्धार लगायत कार्य प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्