चितवनमा २६ हजार बढी किशोरीले एचपिभि खोप लगाए
चितवन । चितवनमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप २६ हजार ४ सय ७२ जना किशोरीले लगाएका छन् ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालित एचपिभी खोप अभियानअन्तर्गत लक्षित ३१ हजार ५ सय ७० किशोरीमध्ये ८३ प्रतिशत किशोरीले खोप लगाएको चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १२ हजार ७ सय १० किशोरीले एचपिभी खोप लगाएका छन् ।
चितवनमा खोप अभियानका लागि ४ सय ३३ वटा खोप केन्द्र, ४ सय ५५ जना स्वास्थ्यकर्मी र ९ सय १० जना स्वयंसेवक परिचालन गरिएको चितवनका भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताउनुभयो ।
विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समूहका किशोरीलाई खोप लगाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्