दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा सचेतना जागरण अभियान शुरु

विराटनगर । सडक दुर्घटना न्युनिकरणका लागि मोरङमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालनमा गरिएको छ ।
सार्वजनिक सवारी साधनमा स्टिकर टाँस गर्दै विराटनगरबाट आजदेखि सडक सुरक्षा सचेतना जागरण अभियान शुरु भएको हो ।
सडक दुर्घटना न्युनिकरण तथा सडक सुरक्षाका विषयमा सचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक सवारी साधनहरूमा स्टिकर टाँस गर्दै अभियान शुरु भएको हो ।
विराटनगरको बसपार्कमा एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक राजन अधिकारीकाले सवारी साधनमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गर्नुभयो ।
नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी प्रदेशले सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालनमा ल्याएको हो ।
अभियान अन्तर्गत कोशी प्रदेशमा सञ्चालित ५ हजार सार्वजनिक सवारी साधनमा स्टिकर टाँस्ने लक्ष्य रहेको छ । स्टिकरमा म जिम्मेवार यातायात मजदुर, समयमा सवारी साधन गन्तव्यमा पुर्याउँछु, मादक पर्दाथ तथा लापसे सेवन गरेर सवारी साधन चलाउँदिन तथा यात्रुहरूसँग नम्र व्यवहार गर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक अधिकारीले मानवीय कारणले सडक दुर्घटना हुने गरेकाले यसलाई न्युनिकरण गर्न सवारी चालकले ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोशी प्रदेशमा नेपाल प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म ट्राफिक सचेतना सम्बन्धि १५ हजारभन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरेको र त्यसबाट ३ लाखभन्दा बढी लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले, देशव्यापी रुपमा यो अभियान शुरु भएको र दुर्घटना न्युनिकरणका लागि राज्यले सवारी चालक, सह–चालक तथा श्रमिकहरूलाई प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तिरथेन्द्र न्यौपाने तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष उत्तमकुमार वन्जाराले सवारी दुर्घटना न्यूनीकरणमा जोड दिनुभएको थियो
सवारी दुर्घटना न्युनिकरणका लागि नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले प्रदेश स्तरमा विभिन्न सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसलाई सहयोग पुर्याउन आफूहरूले अभियान शुरु गरेको यातायात मजदुरहरूको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्