तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा चार घरमा आगलागी

डोटी । डोटीमा चार वटा घरमा आगलागी भएको छ । जिल्लाको सायल गाउँपालिका ३ बेटारा बस्ने पदि बिष्टको ढुङ्गा माटो र काठले बनेको चौपाया बाँध्ने एकतले खरले छाएको घरमा आगलागी भएको हो ।

आइतबार ८ बजेको समयमा छानामा खाना पकाउने क्रममा आगोको झिल्काले खर सल्किन गई नजिकै रहेका क्रमशः सोही ठाउँ बस्ने प्रताप बिष्ट, चन्द्र बिष्ट, नर बिष्ट सहित चार जनाको १र१ तले छानामा समेत आगो सल्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आगलागी हुँदा पदी बिष्टको छाना पुर्णरुपमा जली नष्ट भएको छ । बाँकी ३ वटा छानामा आंशिक रुपमा जली क्षति भएको प्रहरीले जनाएको छ । 

उक्त आगलागीबाट पदि बिष्टको छाना भित्र रहेका २ वटा बाच्छा जली घाइते भएका, मानवीय क्षेती केही नभएको जनाएको छ । आगलागी बाट एक लाख चालिस हजार बराबरको क्षति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button