सार्वजनिक सेवा प्रसारण अग्रगामी रुपान्तरणका साथ अघि बढ्नुपर्छ : मन्त्री गुरुङ

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण अग्रगामी रुपान्तरणका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल टेलिभिजन कर्मचारी युनियनको आयोजनामा आज धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवम् आगामी कार्यदिशा’ विषयक कार्यशालामा मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणलाई सफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले राज्यलाई सफल बनाउन पनि पिएसबी र कर्मचारीको भूमिका रहने बताउनुभयो । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नागरिकलाई सही सूचना दिनुपर्नेमा जोड दिनुभयो । कुनै पनि भ्रम र अविश्वास नराखी नयाँ परिवेशमा नयाँ सोचका साथ अघि बढ्न मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

उहाँले पिएसबीले सरकारका विषयमा मात्र नभई नागरिकको आवाज बोल्नुपर्ने बताउनुभयो । “पिएसबीलाई सरकारको स्तुति गाउने भजनमण्डली बनाउने हैन, जनताको हक, अभिव्यक्ति स्वतन्त्रता, सत्य–तथ्य विषयमा सही सूचना दिँदै जनताका आवाज बेल्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले दुई सञ्चार संस्था गाभिएर बनेको नयाँ संस्थाले आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा छलफल, गोष्ठी भइरहेको बताउँदै संस्थाको रणनीति, नियमावली, विनियमावलीको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्