तपाईँ सुन्दै हुनुहुन्छः

मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–३ कोल्पाकोटमा आज दिउँसो मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

कल्पकोट ओरालोमा ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको मिनी ट्रकले पैदलयात्री केकईलाई ठक्कर दिँदा गम्भीर घाइते बनाएको थियो ।

उपचारको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रकका चालक भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button