अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु
अछाम । अछाममा रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा आज दिउँसो १ बजेको समयमा रुखबाट खसेर एक महिलाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् । घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्