तपाईँ सुन्दै हुनुहुन्छः

चर्च ब्वाईज यूनाइटेड आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

पोखरा । चर्च ब्वाईज यूनाइटेड पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालाको फुटबल मैदानमा भएको तेस्रो क्वाटर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । 

चर्च ब्वाइजको जितमा खेलको ९० मिनेटमा अतिरिक्त खेलाडी राज भुषालले हेड मार्फत गोल गर्नुभएको हो । खेलको २५ औँ मिनेटमा रोहन कार्की घाइते भएपछि उहाँको स्थानमा भुषाल मैदानमा छिर्नुभएको थियो ।

अन्तिम एक मिनेटमा सम्हालिन नसक्दा गत वर्षको डिफेण्डिङ च्याम्पियन आर्मी यसपालिको आहा रारा पोखरा गोल्ड कपको क्वाटर फाइनलबाटै बाहिरिएको छ । समूह एमा रहेको चर्च ब्वाइजले अब माघ ३० गते पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भिड्ने छ ।

मङ्गलवार चौथो क्वाटर फाइनल खेल उज्विकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भारतको पाहुना टोली थन्डर नर्थ यूनाइटेडबिच हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button