तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

बरहथवा(सर्लाही)।बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण पदक सहित नव जनजागरण माध्यामिक विद्यालयले राष्ट्रपति रनिङशील्ड हात पारेको हो ।

यसैगरी, ११ स्वर्णपदक जितेको जनता माध्यामिक विद्यालय प्रतियोगिताको उपविजेता र तीन स्वर्णपदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयका विद्यार्थीहरूलाई बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा नगरका २५ वटा सामुदायिक विद्यालय सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button