थारु समुदायको कला र सीपलाई सरकारले प्रवर्धन गर्छ : पूर्व प्रधानमन्त्री देउवा

दाङ। पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको सरकारले प्रवर्धन गर्ने बताउनुभएको छ ।

अन्तर प्रदेश स्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताउनुभयो । उहाँले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रह समेत गर्नुभयो ।
मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले मटावाँ ऐन पालिकाबाट जारी भएको र उक्त ऐन कार्यान्वयनमा ल्याइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्