प्रेस चौतारी अछामको छैटौँ जिल्ला अधिवेशन सम्पन्न
अछाम । प्रेस चौतारी अछामको छैटौँ जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

कृष्ण बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । जसमा उपाध्यक्ष रमण भट्ट, आकाङ्क्षा सिंह, सचिव कमल रावल, सहसचिव चन्द्र भाट, रेणुका परियार र कोषाध्यक्ष माया जैसी लगाएतका सदस्य रहेका छन् ।
त्यसैगरि ३ जना प्रदेश र केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा टेक बहादुर थापा, एकेन्द्र महता, कल्पना बोहरा र पुष्पराज भट्ट, विष्णु प्रसाद भण्डारी, भानु ढकाल, माया देवि बुढा चयन भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्