लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा श्रेष्ठ नियुक्त

बाँके । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त हुनुभएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गर्नुभएको हो।
पूर्व सचेतक निमा गिरीले दिएको राजीनामा स्वीकृत गर्दै संसदीय दलले श्रेष्ठलाई नयाँ सचेतकको जिम्मेवारी दिएको हो। श्रेष्ठलाई सचेतक बनाएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलको भूमिका अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ। रासस







प्रतिक्रिया राख्नुहोस्