तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्गमा पाँच वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते

धादिङ । पृथ्वी राजमार्गस्थित मलेखु–बोनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रो बसले विपरीत दशतर्फबाट आउँदै गरेको चार वटा सवारीलाई ठक्कर दिँदा भएको सो दुर्घटनामा तीन जना घाइते भएका हुन ।

दुर्घटना बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु नजिकै भएको हो । सो माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकलाई पहिले ठक्कर दिन पुग्दा अनियन्त्रित भई अर्को स्करपियो जिपमा ठोकिन पुगेको र त्यस पछि मोटर साइकललाई ठक्कर दिए पछि पुर्न अर्को माइक्रो बसमा ठक्कर खान पुग्दा भएको दुर्घटनामा ठक्कर दिने काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको माइक्रो चालक र विपरीत दिशाबाट आउँदै गरेको मोटर साइकलमा सवार दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभयो  ।

घाइतेको मलेखुस्थित स्थानीय अस्पतालमा उपचार भई रहेको र सबै घाइते खतरा मुक्त रहेको पनि प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button