तपाईँ सुन्दै हुनुहुन्छः

बर्दगोरिया गाउँपालिकामा निःशुल्क शव वाहन सञ्चालनमा

कैलाली ।  कैलालीको बर्दगोरिया गाउँपालिकाले मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले बुधवारबाट निःशुल्क महाप्रस्थान यान (शव वाहन) सञ्चालनमा ल्याएको छ । 

यान सञ्चालन भए गई शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । 

बुधवार महाप्रस्थान यान (शव वाहन) सार्वजनिक गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागी यो यान निकै प्रभावकारी हुने बताउनुभयो । “मृत्यु सत्य हो । हामी पनि एक दिन जानु नै छ । संसारमा रहँदासम्म दुख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुखै पाएको अवस्था थियो । असहज रूपमा ट्र्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु । बाहान नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो । यस्ता समस्यालाई समाधान गर्न हामीले पालिका भरिका नागरिकका लागि निःशुल्क रूपमा शव बाहान सञ्चालन गरेका हौ ।” उहाँले भन्नुभयो ।  

 किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने 
बर्दगोरिया गाउँपालिकाले महाप्रस्थान यान (शव बाहन)सञ्चालन गरेसँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न गाउँपालिकाले किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

“सरकार भनेको जनताको दुःखको सारथि बन्नुपर्छ भन्ने हाम्रो सोच छ ।” अध्यक्ष कुँवरले भन्नुभयो, “किरिया खर्च बापत १० हजार रुपैयाँ दिने निर्णय गरेका छौँ । यद्यपि यसको कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडोभन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेका छौ ।”

निःशुल्क शव बाहान र किरिया खर्च बापत १० हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको छ । 

बर्दगोरिया गाउँपालिकाले एक पछि अर्को जनपक्षीय काम गर्न थालेपछि नागरिकहरूले सरकार भएको अनुभूति गरेको भन्दै यसलाई सङ्घीयताको उपलब्धिका रूपमा प्रतिक्रिया समेत दिएका छन् ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button