तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीमा बेपत्ताको खोजी गर्न गोताखोर टोली परिचालन 

सुर्खेत ।  झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार सुर्खेतको भेरी नदीमा बेपत्ता भएका छन् । 

आज जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका त्यहाँबाट हाम्रा सम्वाददाता आकासतारा वयकले जानकारी दिनुभयो । 

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर रहेका छन् । 

आज बिहान  बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा उनीहरू नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिनुभयो ।

बेपत्ताहरूको  खोजीका लागि सशस्त्र प्रहरी बलको पाँच जना गोताखोर टोली परिचालित गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button