तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख दलका सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन विधेयक र पेश भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकहरू छलफल गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले जारी  बैठकमा संसदमा लामो समयदेखि विचाराधिन रहेका विधेयक र  सरकारले ल्याएका अध्यादेशहरूबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधि सभाको बैठक भोलि बस्दै छ । बैठक बस्नुअघि सभामुख घिमिरेले सचेतकहरूसँग छलफल गर्नु भएको हो ।

बैठकमा काँग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे र एमालेमा महेश बर्तौला माओवादीमा हितराज पाण्डे, रास्वपामा सन्तोष परियार  लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button