तपाईँ सुन्दै हुनुहुन्छः

जेनेभाको सिड बैठकमा १७ वर्षीया प्रकृति श्रेष्ठको प्रस्तुती

जेनेभा । जेनेभामा जारी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) को बैठकमा नेपालकी १७ वर्षीया किशोरी प्रकृति श्रेष्ठले प्रस्तुति दिनुभएको छ । उहाँले नेपालमा कानुनी प्रगति भएता पनि महिलाहरू अझै पुरुषभन्दा कमजोर रहेको धारणा र बालिकालाई सीमित अवसरको सामना गर्नुपरेको बताउनुभयो । विशेष गरी अपाङ्गता भएका र आदिवासी जनजाति बालिकाहरूका लागि शैक्षिक पहुँचको अभाव र विद्यालयमा हुने बुलिङ्का समस्याहरू थपिएको उहाँले बताउनुभयो ।

श्रेष्ठले छाउपडी प्रथा र बालविवाहका समस्याबारे पनि जानकारी दिँदै, शिक्षामा सर्वव्यापी पहुँचको सुनिश्चितता र लैङ्गिक असमानताको समाधानका लागि बजेट वृद्धिको सुझाव दिनुभयो। बालविवाहमा सुधार र नाबालिगलाई आपराधिक अभियोजनबाट बचाउने कुरा पनि उहाँले जोड दिनुभयो ।

एफडब्लुएलडी की बिनु लामाले नेपालमा नागरिकता प्राप्त गर्न हुने लैंगिक भेदभाव र संविधानका असमान धाराहरूको बारेमा प्रस्तुति दिनुभयो । उहाँले नेपाली महिलाहरूलाई नागरिकता दिने समान अधिकार नदिइएको उल्लेख गर्नुभयो ।

सागर पाठकले यौन र लिंग आधारित हिंसासँग सम्बन्धित समस्याहरूको बारेमा जानकारी दिँदै, कानूनी दण्डको कमी र कार्यान्वयनमा समस्या भएको बताउनुभयो।

बैठकमा नेपालबाट नागरिक समाजको तर्फबाट ६ वटा प्रस्तुति रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button