तपाईँ सुन्दै हुनुहुन्छः

भारतको मुजफ्फरपुरमा सवारी दुर्घटना हुँदा महोत्तरीका पाँच जनाको मृत्यु

महोत्तरी । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटना भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रमा दिउँसो २ बजेको समयमा भएको हो । तीव्र गतिमा रहेको बी.आर ३२ पि.ए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा श्रीमान्, श्रीमती, मामा, माइजू र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दुदेवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका चालक २४ वर्षीय शम्भु ठाकुरको मृत्यु भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तु जैसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button