तपाईँ सुन्दै हुनुहुन्छः

दाङ महोत्सवमा २ करोड बराबरको आर्थिक कारोबार

दाङ। दाङको लमहीमा सञ्चालित कृषि पर्यटक तथा व्यावसायिक महोत्सवको ९ औँ दिनमा २ करोड बढीको व्यावसायिक कारोबार भएको छ।

देउखुरी उद्योग वाणिज्य संघ देउखुरीका अध्यक्ष कमलजंग सिंह ठकुरीले महोत्सवको शनिवारसम्म ३ सय बढी व्यापारिक स्टलबाट करिब २ करोड बढीको ब्यापार भएको बताउनुभयो।

महोत्सवमा ३ सय स्टल मध्य ५० स्टल कृषिका लागि निःशुल्क उपलब्ध गराइएको छ । स्थानीय व्यवसायीलाई ३० स्टलहरू ५० प्रतिशत छुट र अन्य २ सय २० स्टल लाई १० हजार देखि २० हजार सम्म स्टलका प्रकृति हेरेर बिक्री गरिएको अध्यक्ष सिंहले बताउनुभयो।

माघ १० गते देखि शुरु भयको महोत्सवमा स्थानीय उत्पादनमा जोड दिँदै स्टलमा उन्नत जातको १सय २५ केजी को लोकल जातको बोका, दाङको पहिचान मानिने बँदिया भाले, स्थानीय उत्पादन तरकारी, चामल, लगायतका कृषि जन्य उत्पादनहरू राखिएको छ।

मेलामा स्वदेशी तथा विदेशी दैनिक उपभोग्य समान, खाद्य पदार्थ, ईलेक्टिक समान, विभिन्न भाडाकुडा, जुत्ता चपल, बालबालिकाको लागि वाल उद्यम, लगायतका वस्तुहरू राखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button