तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा ५६ हजार भन्दा बढी किशोरीलाई क्यान्सर रोगविरुद्धको खोप लगाइने

जनकपुरधाम । धनुषा जिल्लामा क्यान्सर रोग विरुद्धमा किशोरीहरूलाई लगाउने एचपिभि खोप लगाउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

oplus_2

स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा धनुषा जिल्लाका ५६ हजार २ सय ८२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख, स्वास्थ्य प्रशासक उमेश यादवले जानकारी दिनुभयो । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन ५ सय ४२ खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई दिने यो खोप कार्यक्रम अगामी आर्थिक वर्षदेखि नियमित खोप कार्यक्रममा सहभागी हुने स्वास्थ्य कार्यालयका खोप अधिकृत रामविनोद यादवले जानकारी दिनुभयो ।

यस पटक धनुषा जिल्लाका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र रहने छन् । पहिलो चरणमा नेपाल भरिमा माघ २२ गतेबाट हुने भए पनि धनुषामा सरस्वतीको मूर्ति विसर्जन हुने भएकाले २३ गतेदेखि पहिलो चरणको अभियान शुरु गरेर २९ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, नगराईन, हंशपुर, मिथिला, गणेशमान चारनाथ नगरपालिका र मुखियापट्टी मुसहरनीया, लक्ष्मीनिया तथा वटेश्वरमा एचपिभि खोप लगाइने छ ।

दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गतेसम्म विदेह, कमला, शहिदनगर, सवैला, धनुषाधाम, मिथिला विहारी नगरपालिका र धनौजी, औरही, जनकनन्दनी गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको खोपका सम्पर्क व्यक्ति रामविनोद यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button