तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले  लगानीमैत्री वातावरण सिर्जना गर्छ : पर्यटन मन्त्री

बागलुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालको लगानीमा बागलुङमा  निर्मित होटल इला कम्फोर्टको उद्घाटन गर्दै मन्त्री पाण्डे अहिले सरकारले ल्याएको अध्यादेश मार्फत लगानीको वातावरण बनाएको बताउनुभयो ।

बागलुङमा धार्मिक तथा पर्यटकीय हिसाबले धनी जिल्ला भएको चर्चा गर्दै उहाँले विदेशी लाई नेपाल भित्र्याउने र एक पटक आएका लाई पटक पटक आउने बनाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद दिपक गिरी, जीवन परियार, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले गृह जिल्लामा रू ३० करोड लगानीमा होटल इला कम्फोर्ट नामक होट सञ्चालनमा ल्याउनुभएको हो । आन्तरिक तथा बाह्य पर्यटक लाई आकर्षित गरी जिल्लामा पर्यटन प्रवर्द्धन गर्न तथा वैदेशिक पलायन रोकी स्वदेशमै रोजगारी सृजना होस भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको ढकालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button