तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिला भवन क्वारेन्टाइन बनाइने

काठमाडौं । कोरना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार आफ्नो तयारीमा जुटिरहेको बेला मानव अधिकारका लागि महिला, एकल महिला समूहले सरकारलाई आफ्नो छहारी भवन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उपलब्ध गराउने जानकारी गराउनुभयो ।

भेटमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले कोरना भाइरसको महामारी रोकथामका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

अहिलेको अवस्था सबैलाई सजग रहन आग्रह गर्दै मन्त्री पोख।ेलले परेको खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोरना भाइरसको संक्रमण विरुद्ध काम गर्न सरकार तम्तयार रहेको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले सरकारले विश्वव्यापी महामारी बनेको कोरना भाइरसबाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह पनि गर्नुभयो ।

विभिन्न जिल्लामा रहेको एकल महिला समूहको १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइएको जानकारी दिदैं संस्थापक अध्यक्ष लिली थापाले उक्त भवनमा तीन सय ६५ जनालाई राख्न सक्ने क्षमता रहेको जानकारी गारउनुभयो ।

समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली जिल्लामा रहेका भवनको सम्पूर्ण विवरणसहित सरकारलाई उपलब्ध गराएको छ ।

सरकारले कोरना भाइरसको महामारी रोकथामका निम्ती अवलम्बन गर्दै आएको उपायको सराहना गर्दै एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक पर्ने समय सम्मका छहारी भवनहरु प्रयोग गरी संचालन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button