तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा ‘राइड टु कोशी’ कार्यक्रम हुँदै

उदयपुर । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फाल्गुन १६ र १७ गते ‘राइड टु कोशी’–२०८१’ को आयोजना हुने भएको छ ।

साइकलको माध्यमबाट उदयपुर जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्य सहित “राइड टु कोशी” आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो । 

साइकल यात्रा जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशी टप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन सो यात्रा गाईघाटमै पुगेर समापन गरिने कार्यक्रम रहेको जिल्ला साईकिलिङ संघका उदयपुरका अध्यक्ष माधव बानियाले जानकारी दिनु भयो । यात्रामा देश भरका ३ सय देखि ५ सय सम्म साइकल राईडरहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार कार्यक्रम स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवद्र्धन गर्ने, बढ्दो सहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने छ । २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button