तीनै तह सरकारले गरेका असल कार्यलाई एमाले सुर्खेतले जनतासामु लैजाने
सुर्खेत । नेकपा एमाले सुर्खेतले तीनै तहका सरकारले गरेका असल कार्यलाई जनता माझ लैजाने भएको छ ।

आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत नेकपा एमाले सुर्खेतले आफ्नो चौथो पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्दै तीनै तहका सरकार एवं जनप्रतिनिधिले गरेका सकारात्मक तथा नमुनायोग्य कामलाई जिल्लाका नौ वटै पालिकाका ९९ वडाका जनतामाझ लैजाने निर्णय गरेको जानकारी दिएको हो ।
पछिल्लो समय राजनीतिक दलहरूप्रति बढ्दै गएको वितृष्णाले व्यवस्थामाथि नै प्रश्न उठेको उल्लेख गर्दै एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले सार्वजनिक महत्व र नागरिकसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठान गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जनतासँग प्रत्यक्ष संवाद गर्ने गरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरु जनताको घर–घरमा पुगेर मिथ्या सूचना र भ्रमहरूको चिरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अभियान थालिएको हो ।
प्रतिक्रिया राख्नुहोस्