प्रदेश नम्बर २ मा सडक सुरक्षा सचेतना अभियान सञ्चालन

रौतहट । ट्राफिक प्रहरीले आजदेखि सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेको छ । जसमध्ये प्रदेश नम्बर २ भएर चल्ने सार्वजनिक सवारी साधनमा आजदेखि टाईम कार्ड लागु भएको हो ।
बढ्दो दुर्घटना न्युनिकरण गर्ने उदेश्यले पुर्व–पशिचम राजमार्ग अन्तर्गत प्रदेश नम्बर २ को सप्तरीदेखि बारा, पर्सासम्मको दुरी पार गर्न टाईम कार्ड लागु गरिएको छ ।
प्रति एक किलोमिटरको दुरी पार गर्न एक मिनेट ३० सेकेण्डको गति चलाउने गरी टाईम कार्य लागु भएको छ ।
टाईम कार्डसँगै सवारीसाधनका चालकहरुलाई हरियो ज्याकेट र सबारी साधन भित्रका यात्रुलाई फोहोर संकलन गर्न ट्राफिक प्रहरीले बाल्टिन सहयोग गरेको छ ।
कोरना भाईरसबाट जोगाउन ट्राफिक प्रहरीले सवारी साधन रोकेर चालकलाई साबुन पानीले हात धुन लगाउनुका साथै दुर्घटना न्युनिकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रदेश नम्बर २ को ट्राफिक प्रहरी कार्यालयबाट लागु गरिएको टाईम कार्ड र जनचेतना सम्बन्धी कार्यक्रम प्रदेश नम्बर २ का आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्नेछन ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक हेम शाहीले चालकलाई अबिर टिका, खादा र हरियो ज्याकेट लगाईदिनुका साथै टाईम कार्ड दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
टाईम कार्ड लागु भएपछि तिव्र गतिमा चलाईने सवारी साधनको गति कम हुने र दुर्घटनामा कमी आउने बिश्वास ट्राफिक प्रहरीले लिएको छ ।
सार्वजनिक सवारी साधनले टाईम कार्ड अनुसार दिइएको दुरी पार गर्नु पर्नेछ ।
टाईम कार्ड अनुसारको दूरीलाई बेवास्ता गरिएको खण्डमा त्यस्ता सवारी साधनलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्