तपाईँ सुन्दै हुनुहुन्छः

बस्दै एमाले संसदीय दलको बैठक

काठमाडौँ।नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button