शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सामान्य रुघाखोकी र ज्वरोका बिरामी बढे

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सामान्य रुघाखोकी र ज्वरोका बिरामीको चाँप बढेपनि सुरुको एक जना बाहेक हालसम्म अन्य कसैमा पनि कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को संक्रमण नदेखिएको जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाका अनुसार अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सामान्य रुघाखोकी र ज्वरोका विरामी आउने गरेपनि कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिनुभयो ।
अस्पतालको आइसोलेसन वेडमा हाल पाँच जना बिरामी रहेको छन् ।
कोरोना भाइरसको संक्रमणको आशंका गरी हालसम्म आइसोलेसन वेडमा राखेर ६० जनामा परीक्षण गरिएकोमा सुरुको एक जनाबाहेक अन्य कसैमा पनि संक्रमण नदेखिएको सूचना अधिकारी खतिवडाले बताउनुभयो ।
देशभर ६० जनालाई आइसोलेसनमा राखेर परीक्षण गरिएका मध्ये सवैभन्दा बढि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र उपत्यकाबाहिर भरतपुर अस्पतालमा तीन जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनालाई आइसोलेसनमा राखी परीक्षण गरिएकोमा कसैलाई पनि संक्रमण नदेखिएको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्