तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका तीन पालिकामा पाँच दिन विद्युत सेवा अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरका तीन पालिकामा पाँच दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका अनुसार लालपुर सबस्टेशनदेखि कलुवापुर सबस्टेशनसम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गर्नका लागि लाइन काटिनेछ।

प्राधिकरणले जानकारी दिएको अनुसार माघ ११ गतेदेखि १५ गतेसम्म, बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म, शुक्लाफाँटा नगरपालिकाका सबै स्थान, कृष्णपुर नगरपालिकाका वडा नं। १, २, ३ र बेलौरी नगरपालिकामा विद्युत आपूर्ति बन्द हुनेछ।

नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले जानकारी दिएको छ कि लालपुर १३२र३३र११ केभी सबस्टेशनदेखि महेन्द्रनगर वितरण केन्द्रको कलुवापुर ३३र११ केभी सबस्टेशनसम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेडका लागि ठेक्का मार्फत काम भइरहेको छ।

ठेकेदार कम्पनीले ३३ केभी लाइन सट डाउनको लागि माग गरेकाले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button