तपाईँ सुन्दै हुनुहुन्छः

रबि लामिछाने विरुद्धको मुद्दामा आज थुनछेक बहस सकिएन 

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने विरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलको तर्फबाट थुन छेक बहस सकिए पनि सबै बहस नसकिँदा पुनः भोलि बहस हुने भएको छ  । 

बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुट्नुभएका सभापति लामिछाने आज पनि जमानीमा छुट्नुभएको छ । 

रुपन्देही जिल्ला न्यायधिवक्ता प्रेम पौडेल, सह–न्यायधिवक्ता गोकर्ण घिमिरेलगायत ८ जना सरकारी वकिलले आज बहस गर्नुभयो भने सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्नुभयो ।

सहकारी पीडितका तर्फबाट समेत अझै बाँकी रहेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । त्यसैगरी, रबि लामिछानेको तर्फबाट बहस गर्न समय अभावका कारण भोलि पुनः बहस सुरु हुने श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

आज अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको थियो । 

आज पनि श्रीमती र अधिवक्ताको रोहबरमा भोलि हाजिर हुने गरि छाडिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button