तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

ललितपुर । शान्ति सुरक्षाका सम्बन्धमा नागरिकको बिचार सुनेर त्यसमा सुधार गर्दै अघि बढ्ने उद्देश्यले आज ललितपुरमा अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवल, ललितपुर र माछापुच्छ्रे वर्ल्ड स्कुल, ललितपुरको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा सबैको सरोकारको विषय भएकाले यसमा सबै हातेमालो गरी अगाडी बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी नागरिकको साथी भएकाले नागरिक र प्रहरी मिलेर शान्ति सुरक्षाका लागि हातेमालो गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो ।

माछापुच्छ्रे वर्ल्ड स्कुलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. विनोदप्रसाद यादवको अध्यक्षतामा विद्यालय परिसरमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, स्थानीय जनप्रतिनिधिहरू, टोल सुधार समितिका प्रतिनिधिहरू, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले राखेका विभिन्न प्रश्न, विचार र अभिव्यक्तिहरूलाई उपस्थित अतिथि तथा वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button