तपाईँ सुन्दै हुनुहुन्छः

सिप डर्डद्वारा राउटेलाई पाल वितरण

सुर्खेत । जाडो यामलाई ध्यानमा राख्दै जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई पाल वितरण गरिएको छ ।

एसियन आदिवासी जनजातिका लागि ऐक्यबद्धता कोष (आईपास) को सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) को समन्वयमा अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्र (सिप डर्ड) ले सोमबार सुर्खेतको रानीघाटमा बस्दै आइरहेका ४३ घरधुरी राउटे समुदायलाई पाल वितरण गरेको हो ।

कर्णालीका विभिन्न जङ्गलमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्र (सिप डर्ड) ले बस्तीमै पुगेर पाल वितरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–२, रानीघाटको जङ्गलमा बस्दै आएका राउटे समुदायलाई आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठ, गैरसरकारी महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारु, नेपाल आदिवासी जनजाति महासङ्घ सुर्खेतका अध्यक्ष अशोक राजी, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ सुर्खेतका अध्यक्ष वासना गुरुङ, आईपासका सदस्य रत्ना राना, वीरेन्द्रनगर नगरपालिका–२ नम्बरका वडाध्यक्ष गजबहादुर बुढाले पाल वितरण गर्नुभएको हो ।

पाल पाएपछि सहायक मुखिया वीरबहादुर शाहीले खुसी भएको प्रतिक्रिया दिनुभयो । अहिले राउटे समुदायका ४३ घरधुरीमा ७४ महिला र ६१ पुरुष गरि कुल १ सय ३५ जनाको सङ्ख्यामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button