तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशद्वारा मधेश प्रदेशविरुद्ध सात विकेटले पराजित

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा मङ्गलवार मधेश प्रदेशविरुद्ध सात विकेटको जित निकालेको छ ।

जितसँगै तीन खेलमा चार अङ्क जोडेको बागमती समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गरेको छ । योसँगै कोशी प्रदेशको भने सुपर फोरको सम्भावना समाप्त भएको छ । समान अङ्क भए पनि बागमतीले कोशी प्रदेशलाई नेट रन रेटमा पछि पारेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा ४१ रनको लक्ष्य बागमतीले ६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा चार अङ्क जोडेको आर्मीले समूह ‘बी’ बाट सुपर फोरमा स्थान पक्का गरेको छ । पहिलो पराजय बेहोरेको कोशीको पनि चार अङ्क नै छ । यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो । कोशीले बागमती र मधेशलाई हराएको थियो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button