नेपाल प्रहरीकाे प्रवक्तामा आचार्य नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नियुक्त हुनुभएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया राख्नुहोस्