मनकामना केबलकार चैत मसान्तसम्म बन्द

चितवन । मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार बन्द गर्न निर्देशन दिएको थियो ।
गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।
साथै चितनमा सञ्चालनमा आएका हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्