तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा एक करोडको कन्दमूलको कारोबार 

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्षको माघे सङ्क्रान्तिको अवसरमा करिब एक करोड मूल्य बराबरको कन्दमूलको कारोबार हुने भएको छ । मकर सङ्क्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मूल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरू बताउनु हुन्छ । 

प्रतिकेजी १ सय देखि ४ सय मूल्य बराबरका कन्दमूल पोखराका बजारमा उपलब्ध भएको पोखराका एक व्यवसायी गोविन्द प्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार घर तरुल विभिन्न प्रजातिमा उपलब्ध छ जस्तै जाँते, पन्जे, सेतो तरुल त्यसै गरी वन तरुल र सकरखण्ड, पिँडालु जस्ता कन्दमूल हाल पोखरामा बिक्री वितरण भएको छ । 

पाल्पा, तनहुँ, गोर्खा, धादिङ लगायतका जिल्लाबाट आएको तरुल पोखरामा बिक्री हुदैछ । पोखराको श्री कम्प्लेक्स कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले अघिल्लो वर्षकै तुलनामा यस बर्ष कन्दमूल पोखरामा भित्रिएको बताउनु भयो । उहाँका अनुसार बजारमा हाल खुद्रा मूल्य प्रति केजी सकरखण्ड एक सय, जाँते तथा पन्जे तरुल प्रति केजी २ सय ५०, भैसे तरुल प्रति केजी १ सय ५० मा बिक्री भएको छ । 

तरुल तथा कन्दमूल खादा मानव स्वास्थ्यका लागि फाइदाजनक हुने बताइन्छ । कन्दमूल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्बोहाइड्रेट, भिटामिन ए, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम जस्ता मानव शरीरका लागि आवश्यक तत्त्व पाइने चिकित्सकहरूले बताउँदै आउनु भएको छ । 

कन्दमूलमा प्रोटिन भने कम पाइन्छ आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ  भने मृगौला रोगीका बिरामीले यसको प्रयोग नगर्दा उचित हुने चिकित्सकको सुझाव दिएका छन् । यसैबिच, माघे सङ्क्रान्तिको अवसरमा मङ्गलवार पोखराको ढुङ्गे साँघुमा माघे जात्रा सहितको हार्ट बजार समेत लाग्ने भएको छ  । साथै उक्त क्षेत्रमा विभिन्न खेलकुद समेत हुने तयारी भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button