सप्तरीमा करिब ७ क्विन्टल गाँजा बरामद
सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको बलान विहुल गाउँपालिका-१ स्थित कमलदहबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।
शनिबार राति उक्त ठाउँमा परालको टालमा लुकाएर राखेको अवस्थामा करिब ७ क्विन्टल अवैध गाँजा प्रहरीको नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २४ ओटा पोकामा ६ सय ७० किलो अवैध गाँजा बरामद भएको हो ।
यसअघि मङ्सिर ३ गते राती प्रहरीले राजगढ गाउँपालिकाबाट टिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो।
पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र यहाँबाट भारततर्फ तस्करी हुने गरेको छ। प्रहरीले गाँजा नियन्त्रणमा लिने गरे पनि कारोबारी भने पक्राउ पर्ने गरेका छैनन्।
प्रतिक्रिया राख्नुहोस्