तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरस (कोभिड १९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न

 

 

काठमाडौं । हाल विश्‍वमा फैलिईरहेको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर राखि नेपाली सेनाका विभिन्‍न युनिटहरुमा कार्यरत सैनिकलाई सहभागी गराई संचालन गरिएको कोरोना भाईरस (कोभिड १९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न भएको छ ।

जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका ५० जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १३१ जना गरी जम्मा १८१ जना सहभागी गराई संचालन गरिएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी जानकारीमूलक कक्षा संचालन गर्नुको साथै Quarantine Set up, Water Purification, Waste Management, Electric & Plumbing Management, Field Latrine, Infection Prevention & Control कोरोना भाईरस (कोभिड १९) विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाईएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ५४ वटा टेन्ट खडा गरी ९ वटा Cluster मा विभाजन गरी प्रत्येक टेन्टमा २ जना व्यक्ति रहने गरी तयार गरिएको थियो । सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button