तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्दछ: नेता साउद

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन र पुनरावलोकनमा जानुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन बाँकेले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले संविधानका कमीकमजोरी हटाउन र संविधानलाई अझ जनमुखी बनाउन आवश्यक संशोधनका लागि कांग्रेस राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । 

उहाँले सुशासन र समृद्धि हासिल गर्न दुई ठूला दल कांग्रेस र एमाले गठबन्धन सरकारमा रहेको बताउँदै मुलुकमा भ्रष्टाचार चुनौतीकै रुपमा रहेको उल्लेख गर्नुभयो । साउदले सरकारको   पर्फर्मेन्स उच्चस्तरको हुनुपर्नेमा जोड समेत दिनुभयो । अर्थतन्त्र दबाबमै रहेको भन्दै उहाँले सरकारसामु थुप्रै चुनौती रहेको बताउनुभयो । 

केन्द्रीय सदस्य साउदले सरकार, गठबन्धन र पार्टीका बारेमा बुझ्न आफूहरू जिल्ला भ्रमणमा रहेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण बहादुर कार्की, सचिव सुधांशु कोइराला लगायतको उपस्थिति रहेकाे थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button