विमानस्थलमा अपनाइएका तयारीबारे संसदीय समितिद्वारा जानकारी
अर्जुन श्रेष्ठ । प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विमानस्थलमा कोरोना भाइस संक्रमणको सुरक्षाका लागि अपनाइएका तयारी बारे जानकारी लिएको छ ।
समितिको आज बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयान कार्यलयका महाप्रवन्धक देवेन्द्र केसीसँग स्वास्थ्य सुरक्षाका भइरहेको गतिविधिकारे जानकारी लिएको हो ।
समितिले आजै नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डिपोको स्थलगत अनुगमन गरी हवाइ इन्धनको भण्डार र अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।
अनुगमनका क्रममा निगमको विमनस्थलस्थित डिपोले अन्य देशमा फैलिएको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा इन्धन विक्रि घटेको, विमास्थल कार्यलयले हवाइ इन्धन विक्रिमा निगमसँग अनावश्यक रपमा प्रतिलिटर ३५ पैसा लिने गरेको र डिपोमा भण्डारण क्षमता बढाउनुपर्ने लगायतका विषय समितिलाई जानकारी गराएको सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्