तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारीमा पुस २७ गते माघी मिलन कार्यक्रम गरिने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बाँके । बाँकेको राप्ती सोनारीमा माघी मिलन कार्यक्रम गर्ने तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुरको प्राङ्गणमा यही पुष २७ गते माघी मिलन कार्यक्रम गरिने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । माघी मिलन कार्यक्रममा १५ बढी गाउँका विभिन्न खालका थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष सङ्गीता थारुले जानकारी दिनु भयो । उक्त कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चट्नी, बङ्गुरको मासु लगायत परिकार पनि राखिने भएको छ ।

माघ मिलन कार्यक्रमको लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । थारु भाषा, संस्कृति लोप हुँदै गइरहेका बेला त्यसलाई जर्गेना गर्ने उद्देश्यले माघ मिलन गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button