तपाईँ सुन्दै हुनुहुन्छः

एआइजी टेकबहादुर तामाङ रानीपोखरीमा

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङको सरुवा भएको छ ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङ रानीपोखरीमा सरुवा  हुनुभएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।

रानीपोखरीमा कार्यरत  एआईजी किरण बज्राचार्यको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि उक्त ठाउँमा तामाङलाई सरुवा गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button