तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल पल्टिई चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

मृतकको सनाखत हुन सकेको छैन । स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button