तपाईँ सुन्दै हुनुहुन्छः

‘अत्यावश्यक वस्तुको विक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको विक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ ।

महासङ्घको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु विक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

महासङ्घले नेपालमा कोभिड–१९ फैलन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । कोभिड–१९ को कारण उद्योग, तथा व्यापार क्षेत्रमा समेत ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रले दिने ब्याजदरमा विशेष सहुलियत दिन बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button